मिडियाबाजी डटकम काठमाडौं,माघ १ । पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना ५८औं हो । यसअघि नेपालमा ५७ वटा दुर्घटनामा परिसकेका थिए, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा दुर्घटनामा परिसकेका छन् । ८ वटा जहाजमा सिंगल इन्जिन थियो ।
नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको ९(एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए । नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३६ पुगिसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा दुर्घटनामा परेको थियो । यो हेलिकप्टरमा भीभीआई सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एयरको एनएन(एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।
एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२(५०० विमान थियो । तर आइतबार त्यही जहाज दुर्घटनामा पर्यो । यसले मृतकको संख्या पनि धेरै भएको छ । नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसक्यो भने अरुको उद्धार चलिरहेको छ ।
नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा मृतकको यो संख्या अहिलेसम्मकै ठूलो हो । प्राधिकरणका अनुसार आइतबारको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको जहाज दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको रेकर्ड छ ।
सबभन्दा धेरै यात्रुको मृत्यु भने सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो । डडेलधुराको जोबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । यो पटक भने त्योभन्दा बढी मानवीय क्षति भएको छ ।
नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।
पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दुर्घटनामा गर्दा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दुर्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्यान गुमाएका छन् ।