मिडियाबाजी डटकम काठमाडौं,पौष २७ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार छापावाल सुनको मूल्य एक लाख तीन हजार दुई सय कायम भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार सात सय निर्धारण गरिएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।