एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

  पुष २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा सोमबार बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचारसमेत व्यक्त गरेका थिए।

वार्षिक साधारण सभाद्वारा आव २०७८र७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत कर सहित नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब रूपैयाँ र कर्जा १८२.०९ अर्ब रूपैयाँ रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर