सन्दिपकै कानुन व्यवसायीले स्थगित गरे आजको पेशी

  पुष २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । नाबालिग बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी स्थगित भएको छ । सन्दिपकै कानुन व्यवसायीले आजको पेशी स्थगित गरेका हुन् ।

लामिछानेलाई जबरजस्ती करणी मुद्दा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दिपले पुनरावेदन दिएका थिए । पेसी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा तोकिएको थियो । यसअघि दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

तपाईंको प्रतिक्रिया

थप खबर