मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । सुनको भाउ आज पनि बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो । यसअघि गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।