क्यानले भन्यो__‘म्याच फिक्सिङ भएको भन्ने भ्रामक मिथ्या’

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० ।  नेपाल क्रिकेट संघ क्यानले जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको भन्ने भ्रामक मिथ्या फैलाइएको जनाएको छ । बुधबार क्यानले विज्ञप्ति जारी गर्दै फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’लाई उजुरी दिन समेत आग्रह गरेको छ ।

टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार फेसबुक लाइभ गरेका थिए । त्यसपछि विवाद उब्जिएको थियो । यससँगै नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले प्रस्ताव गरिएको बताएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर