मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । नेपालगञ्जमा दादुरा देखा परेको छ । नेपालगञ्जको फूल्टेक्रामा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको हो । ५ देखि १२ वर्षभित्रका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ जना शंकास्पद रहेको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए ।
लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँकेको टोली घटनास्थलमा खटिएर शंकास्पदको खोजी गरेका छन् ।