सेयर कारोबार रकम ४ अर्ब नाघ्यो, नेप्से २०४६ अंकमा

  पुष १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १७।   साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक भने १७.२६ अंकले बढेर २०४६ अंकमा कायम भएको छ ।

कुल १२१ कम्पनीको मूल्य बढ्दा ८७ को घटेको छ भने ४ को स्थिर रहृयो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील, खप्तड, धौलागिरि लघुवित्त, प्रभु लाइफ र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

तपाईंको प्रतिक्रिया

थप खबर