रहेनन् पाँच पटकसम्म विश्वकप जितेका फुटबलर पेले

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५।फुटबलका महान् स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् ।

पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पुर्‍याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए ।

ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी ब्राजिलबाट तीनपट विश्वकप जित्ने एकमात्रै खेलाडी हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर