मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । बालबालिकालाई लगाउदै आएको पोलियोविरुद्धको खोप अबदेखि १४ हप्तामा लगाउन पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोलियोविरुद्धको ‘एफआइपिभि’ खोप लगाउने समय परिर्वतन भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार एक वर्षमुनिका बालबालिकालाई पहिले ६ हप्ता र १४ हप्तामा उक्त खोप लगाउने गरिन्थ्यो । अबभने पहिलो मात्रा नै १४ हप्तामा र दोश्रो मात्रा नौ महिनामा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।सञ्जयकुमार ठाकुरले आफूहरुले विज्ञको सल्लाहअनुसार नै खोप लगाउने समयावधी परिवर्तन गरिएको बताएका छन् । एक वर्ष पूरा भएका र खोप लगाउन छुटेका बालबालिकाले भने पाँच वर्षभित्र खोप लगाइसक्नु पर्ने छ ।