शेयर बजार आज झन्डै १२ अङ्कले घट्यो !

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । लगातार दुई दिन बढेको शेयर बजार आज घटेको छ । अस्ति ५६ र हिजो ५९ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज भने ११ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

शेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ । दुई सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर दुई अर्ब १५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको आठ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज माहुली लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै पाँच दशमलव २० प्रतिशतले घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर