पोखरा रुटमा अब रात्रिकालीन उडान हुने

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।

बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर