खुमलटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ ।  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुगेका हुन् ।

यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । दाहाल नेकपा एमाले लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर