आजको मौसम कस्तो रहला ?

  पुष १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १३ । देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्र र उच्च पहाडी भूभागमा हल्का हिमपात र तराईका जिल्लामा हुस्सु लाग्ने भएपछि जाडो बढ्ने विभागको भनाइ छ । जाडोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । तराईका जिल्लामा हुस्सु लागे पनि बाँकी भागमा मौसम सफा रहने छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । त्यस्तै, भोलि १४ गते बिहीबार पनि प्रदेश १ र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहने छ । विभागले जनाएअनुसार प्रदेश १ को उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर