मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी छिन् । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सो दिन संसद् बैठक आह्वान भएको हो । मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पहिलो पटक संसद् बैठक आह्वान गरिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।