मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले अन्नपूर्णलाई जानकारी दिए । उनले भने निलम्बनका लागि गृहमन्त्रालयसमक्ष सिफारिस पठाएका छौं । त्यसका लागि थप अनुसन्धान अघि बढ्छ ।
बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी ठगबहादुर केसी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।