प्रचण्ड र ओलीलाई प्रश्न गर्दै बालेन भन्छन्__”देश व्यापार हो कि खेल ?”

  पुष ११, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देश व्यापार हो कि खेल भनी प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।


अहिले उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर