प्रधानमन्त्री प्रचण्डलाई देउवाको बधाई

  पुष ११, २०७९

काठमाडौ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले सोमबार टेलिफोनमार्फत् बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । माओवादीका एक नेताका अनुसार आज बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर