मिडियाबाजी डटकम ९ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा गरेको कार्यक्रममा उनले प्रचण्डले ढिला गरेको बताए । ‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने ।