शाहले आफूलाई तोकिएको जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा दिए निवेदन

  मङि्सर २८, २०७९

मिडियाबाजी डटकम काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई तोकिएको जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले उनलाई साढे ७ लाख जरिवाना तोकेको थियो ।

६ महिनाभित्र जरिवाना नबुझाएमा निर्वाचित पदाधिकारीको पद निस्क्रिय हुने कानुनी व्यवस्था रहेकोले बालेन्द्रले जरिवाना मिनाहाको लागि निवेदन दिएका हुन् । निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन ।

मेयर शाहले आफू निर्वाचित भएलगत्तै फेसबुकमा आफूले खर्च विवरण फेसबुकमा सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेको आयोग स्रोतले जनाएको छ ।आयोगको कानुन शाखाले उनको निवेदनमाथि थप कारबाहीका लागि सिफारिस गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर