मिडियाबाजी डटकम काठमाडौं। एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’अन्तर्गत लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अवार्ड जितेको छ।
अवार्डको विधामा बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको उपाधि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएको छ । सोही विधामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी (नेपाल) लिमिटेड तेस्रो भएको छ ।
अवार्डको विजेता ४ सदस्यीय जुरीको टोलीले छनोट गरेको थियो । जसमा एनएलजी इन्स्योरेन्स कम्पनीका अध्यक्ष विमल वाग्ले, बीमा विज्ञ श्रीमान कार्की, पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनीका म्यानेजिङ पार्टनर शशी सत्याल र सिन्हा बर्मा ल कन्सर्नका म्यानेजिङ पार्टनर महेश कुमार थापा रहेका थिए ।