मस्कलाई पछि पार्दै बर्नार्ड बने विश्वको धनाढ्य व्यक्ति

  मङि्सर २२, २०७९

मिडियाबाजी डटकम काठमाडौं मंसिर २२। फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

इलोन मस्कलाई पछि पार्दै उनी संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् । फोर्ब्सको रियल–टाइम धनाढ्यहरूको सूचीअनुसार मस्क दोस्रो स्थानमा झरेका छ । अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका मालिक हुन् ।फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार यो समाचार तयार पार्दासम्म लागि बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८६.३ बिलियन डलर र ट्विटरका नयाँ मालिक एलोन मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।इलेक्ट्रिक कार कम्पनी टेस्लामा मस्कको सेयरको मूल्यमा तीव्र गिरावट आएको छ ।

सामाजिक सञ्जाल प्लेटर्फम ट्वीटर ४४ अर्ब डलरमा किनेपछि पनि मस्कको सम्पत्तिमा कमी आएको हो । टेस्ला मालिक मस्क सेप्टेम्बर २०२१ देखि शीर्ष स्थानमा छन् । त्यसपछि मस्क दोस्रो स्थानमा झरेको यो पहिलो पटक हो ।भारतका गौतम अडानी धनीको वरियतामा तेस्रो स्थानमा छन् । अडानी समूहका प्रमुख गौतम अडानीको कुल सम्पत्ति १३४.८ बिलियन डलर छ । योसँगै अमेजनका संस्थापक जेफ बेजोस चौथो स्थानमा छन्, उनी १११.८ बिलियन डलरको मालिक हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर