प्रहरीको आचरणमा सुधार ल्याउन महानिरीक्षकको निर्देशन

  मङि्सर २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं मंसिर २०।प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गर्ने क्रममा प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका हुन् ।

आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरू समेतको निरीक्षण गरी कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । निर्देशनको क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तबरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरूलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सन्चालन गर्न समेत निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशनको क्रममा एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला तथा नेपाल प्रहरी रा.सु. तथा ट्रा.ब्य.का. इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो समेतको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर