मिडियाबाजी डटकम काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह ’सी’ र समूह ’डी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो दुई खेलमा समूह ’डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।
यस्तै आज हुने दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । दुवै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ ।