अमेरिकी फोटोग्राफरले खिचेको हिउँ चितुवाको तस्बिर फेक भएको खुलासा

  मङि्सर १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,मंसिर १०। सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर ‘फेक’ भएको एक तथ्य बाहिरिएको छ ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको ततस्बिर नक्कली भएको तथ्य पत्ता लागेको दाबी गरेको छ ।फ्याक्ट चेकमा भनिए अनुसार पावलोस्की एक फोटोग्राफर नै हुन या होइनन भन्नेमा समेत आशंका रहेको छ ।उक्त रिर्पोटका अनुसार पावलोस्कीका तस्बिरहरू उत्कृष्ट छन् तर तिनीहरू प्राकृतिक नभई फोटोसप जस्ता सफ्टवेयर प्रयोग गरेर धेरै सिर्जना गरिएको हो ।

फ्याक्ट चेकले दाबी गर्दै लेखेको छ, ‘पावलोव्स्कीलाई फोटोसप चलाउने कुरामा विज्ञता छ । उनले त्यही विज्ञता प्रयोग गरेकी हुन् । ‘हिउँ चितुवाको फोटो सार्वजनिक भएसँगै नेपालस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजबाट समेत उक्त तस्बिर प्रकाशित भएको थियो । उक्त फोटो नेपालमा भाइरल भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर