मिडियाबाजी डटकम काठमाडौं,मंसिर ७।कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकी कल्पना राईको मृत्यु भएको खबर प्राप्त भएको छ।
खोटाङको आइसेलुखाराक-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आत्महत्या गरेको बुझिएको छ।कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी मृतक कल्पनाको परिवारलाई सम्पर्कमा आउँन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालले आग्रह गरेका छन्। उनले के कारणले आत्महत्या गरिन् भन्ने बारेमा अझसम्म खुल्न नसकेको बताइएको छ।
मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक कल्पनाको शव नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुँदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी कसैलाई मृतकको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गराईदिनुहुनसमेत अनुरोध गरिएको छ।