मिडियाबाजी डटकम काठमाडौं,कार्तिक २८।ललितपुरको नख्खुमा एक जना व्यवसायी मृत भेटिएका छन् ।
रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षका राजन बस्नेत मृत भेटिएका प्रहरीले जनाएको छ ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुर अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान गरिरहेको छ ।
शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको प्रहरीले जनाएको छ ।बस्नेतको टाउकोमा चोट लागेको छ । उनलाई चोट कसरी लाग्यो र चोट नै मृत्युको कारण हो होइन भन्ने बारेमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको ।