मिडियाबाजी डटकम काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्याधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदूषणबाट बच्न सरकारले साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरेको छ । सरकारले प्रदूषणका कारण प्राथमिक विद्यालयहरु बन्द गरेको छ ।
यस्तै, कर्मचारीलाई पनि घरैबाट काम गर्न सुविधा दिइएको छ । पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । दिल्लीमा हावाको गुणस्तर सूचकांक ४ सयमाथि पुगेको छ ।