भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  कार्तिक २०, २०७९

मिडियाबाजी डटकम भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहोरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बोहोराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर दिएर फरार रहेका सवारी चालकको खोजी भइरहेको छ । –न्युज कारखाना

तपाईंको प्रतिक्रिया

थप खबर