ललितपुरको ग्वार्कोमा स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु

  कार्तिक १३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १३।ललितपुरको ग्वार्कोमा हिजो साँझ स्कोर्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

नम्बर खुल्न नसकेको निलो रङको स्कोर्पियोले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति पौने ८ बजे ठक्कर दिएको थियो।उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो साँझ ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मङ्गललबजारले जनाएको छ।मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर