मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १०। मकवानपुरको भीमफेदी गाउँपालिका- १, बाघचौरमा देउसी खेल्न जानेक्रममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ ।
बाघचौरका ४१ वर्षिय सुकमान गोले देउसी खेल्दै अर्को घरमा जाने क्रममा बाघचौरको भिरबाट लडेर गम्भिर घाइते भएका थिए ।उनको उपचारका लागी हेटौँडा अस्पताल मा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले मिडियाबाजीलाई जानकारी दिए ।.