मिडियाबाजी डटकम अष्ट्रेलियामा चलिरहेको टि–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा पूरा ओभर खेलेर भेटायो ।
यस अघि मेलवर्नमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।