मिडियाबाजी डटकम काठमाडौं,कार्तिक ६। हिजो राजधानीमा कवि अमृता स्मृतिको दोस्रो कृति ‘नदिको तिर्खा’ विमोचित भएको छ ।
कवितासङ्ग्रहको विमोचन काठमाडौंको थापागाउँस्थित लेखन कुञ्ज (आरोहण गुरुकुल)मा भव्य समारोहका बीच सम्पन्न भएको हो । कार्यक्रम वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको वक्ताहरूका रुपमा विश्वविमोहन श्रेष्ठ , उमेश अकिङ्चन,गिता कार्की ,शेलेन्द्र साकार लगायतका कविहरूको उपस्थित थियो।कार्यक्रमको सञ्चालन यात्री प्रकाश पाण्डेले गरेका थिए । नदीको तिर्खालाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो।