मिडियाबाजी डटकम ४ कात्तिक, बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् ।
सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए । ‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।
’टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए ।सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गरे ।