सत्यमोहन जोशीको निधन शोकमा आज  सार्वजनिक बिदा

  असोज ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं ,कार्तिक १ – सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज मङ्गलबार सार्वजनिक बिदा दिएको  छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले हिजो साेमबार एक विज्ञप्ति निकालेर शज मङ्गलबार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबर बिहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताउनुभयो । 

तपाईंको प्रतिक्रिया

थप खबर