मिडियाबाजी डटकम काठमाडौं,असोज ३०। हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । असोज महिनाभित्रै अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन गर्न विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय गरिरहेको विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिए ।
सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । पर्वत स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ ।
द्रुत डाँक सेवा, पार्सल–सामान वा मालवस्तु र चिठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रुत सेवाअन्तर्गत हवाइमार्गमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा भने एक दिनमा सेवा दिँदै आएको छ ।