मिडियाबाजी डटकम काठमाडौं,असोज २९।पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पहिलो दिन नेपाल आर्मीले ७ मध्ये ३ स्वर्ण जितेको छ।
आर्मीले सय मिटर महिला, सुटपुट पुरुष र १५ सय मिटर पुरुष दौडमा स्वर्ण जित्यो। एपिएफले दुई स्वर्ण जित्यो भने नेपाल पुलिस र बागमति प्रदेशले एक एक स्वर्ण हात पारे।१० हजार मिटर महिला दौडमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन्।खुट्टामा चोट लागे पनि सन्तोषीले आफ्नी प्रतिद्वन्द्वी नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै वृहत् राष्ट्रिय खेलकुदमा पहिलो पटक १० हजार मिटरमा स्वर्ण जितेकी हुन्।
सय मिटर महिलामा आर्मीकी सरस्वती चौधरीले १२.१३ सेकेन्डमा दौड पूरा गरेर २३ वर्ष पुरानो रेकर्ड भंग गरिन्। यो इभेन्टमा लुम्बिनीकी निशा चौधरी १२.२२ सेकेन्डका साथ दोस्रो र आर्मीकै रमिता थारु १२.९३ सेकेन्डमा दौड पूरा गरेर कास्य जितिन्। सय मिटर दौडको स्वर्ण भने सशस्त्र प्रहरीका शिवराज पार्कीले स्वर्ण जिते। उनले १०.५९ सेकेन्डमा दौड पूरा गरे। आर्मीका युवराज विक १०.५८ सेकेन्डका रजत तथा आर्मीकै डिल्ली भण्डारी १०.७० सेकेन्डका साथ कास्यमा सीमित बने। अन्तिम ल्यापमा राजपुरालाई पछि पारेकी सन्तोषीले ३६ मिनेट १२:३६ सेकेन्डमा दौड पूरा गरिन्।
१५ सय मिटर पुरुष दौडमा आर्मीका मुकेस पालले स्वर्ण जिते। उनले ३ मिनेट ५२.२१ सेकेन्डमा दौड पूरा गरे। एपिएफका अजित यादव ३ मिनेछ ५३.११ सेकेन्डका साथ रजत र नेपाल पुलिसका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डका साथ कास्यमा सीमित बने। १५ सय मिटर महिलामा एपिएफकी फुलमती रानाले ४ मिनेट ३८.१९ सेकेन्डका दौड पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी सरस्वती भट्टराई ४ मिनेट ४१ सेकेन्डका साथ दोस्रो भइन् भने आर्मीकै रेखा लिम्बूले ५ मिनेटमा ३.८० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते। राजपुराले ३६ मिनेट २९.४५ सेकेन्डमा दौड पूरा गर्दै राजत हात पारिन्। एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.२ सेकेन्डमा दौड पूरा गर्दै कास्य हात पारिन्।
महिला सटपुटलमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले १२.४० मिटर फ्याँक्दै स्वर्ण, लुम्बिनीकी संगिता अधिकारीले १०.८३ मिटर फ्याँक्दै रजत र नेपाल पुलिकी बसन्ती चौधरीले ९.८६ मिटर फ्याँकेर कास्य जिते।पुरुष सटपुटमा आर्मीका तिलक विकाले १२. ४० मिटर फ्याँक्दै स्वर्ण, आर्मीकै चित्र वलीले १२.६४ मिटरका फ्याँक्दै रजत र बागमती प्रदेशका ललित रावतले ११.९५ मिटर फ्याँक्दै कास्य जिते।
१५ सय मिटर पुरुष दौडमा आर्मीका मुकेस पालले स्वर्ण जिते। उनले ३ मिनेट ५२.२१ सेकेन्डमा दौड पूरा गरे। एपिएफका अजित यादव ३ मिनेछ ५३.११ सेकेन्डका साथ रजत र नेपाल पुलिसका नागेश्वर अहिर ३ मिनेट ५६.५ सेकेन्डका साथ कास्यमा सीमित बने।