बुधबार सुनको भाउ बढ्यो कतिमा हुँदैछ कारोबार?

  असोज २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । बुधबार सुनको भाउ २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १२ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय १५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर