सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

  असोज २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सोमबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर