चन्द्रागिरीमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

  असोज २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २१।चन्द्रागिरिमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा बिहीबार राति पहिरो खसेको वडाध्यक्ष भाईकृष्ण तामाङले जानकारी दिए। ५२ वर्षीय राजु श्रेष्ठ, उनकी ४५ वर्षीया श्रीमती रेखा श्रेष्ठ र डेढ वर्षीयमा छोरी सारथी श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो। पहिरोमा कति जना पुरिए भन्ने एकिन हुन नसकेको र खोजी कार्य जारी रहेको वडाध्यक्ष तामाङले जानकारी दिए।

उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको उनले बताए। अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको उनको भनाइ छ। वडाध्यक्ष तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुने एकै परिवारका तीन जना रहेका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर