बालुवाटारमा‌ नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दै

  असोज १२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज १२। बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारी छलफलमा जुटेका छन्।पार्टीले निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको उम्मेदवारको सूची संशोधन गर्नेलगायत विभिन्न विषयमा उनीहरूबीच छलफल भएको हो।

संस्थापनइतर समूहका नेताहरूले समानुपातिक उम्मेदवारको सूची असोज १४ भित्र सच्याउन माग गर्दै आन्दोलनका कार्यक्रम नै गर्ने भएपछि सभापति देउवा दबाबमा छन्।आज बिहान कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन र सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेका उपलब्धिबारे छलफल भएको हो।

शेखर कोइराला पक्षलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप छ। ११० जनाको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश छ। कम्तीमा ३० देखि ४० प्रतिशत संस्थापनइतरलाई समावेश गर्न माग गर्दै आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले धर्ना दिँदैछन्।

तपाईंको प्रतिक्रिया

थप खबर