वानेश्वरमा शेखर समूहको ‘खबरदारी सभा’ सुरु

  असोज ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं, असोज ८। नेपाली कांग्रेस संस्थापन बाहेक समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ । सभापतिमा पराजित डा.शेखर कोइराला समूहले काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको हो ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा कार्यक्रम गरिएको छ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर