निलम्बित प्रधानन्यायाधीशको पिएसओ र सरकारी गाडी फिर्ता

  असोज ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज २। काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरू हटाइएको छ।

उनको सुरक्षाका लागि खटिएका सेना र अन्य सुरक्षाकर्मीहरुलाई हटाइएको स्रोतले पुष्टि गरेको छ।‘सवारी साधनहरु पनि फिर्ता लगिएको छ,’ स्रोतले भन्यो।आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको थियो।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएपछि राणाले आइतबार सर्वाेच्च अदालत आउने बताएका थिए।राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर