खाने तेलको मूल्य लिटरमै ३० रुपैयाँले घट्यो

  असोज ०२, २०७९

मिडियाबाजी डटकम २ असोज, काठमाडौं । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल खुद्रा व्यापार संघकाअुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ ।

सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले बताए ।‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,’

फुँयालले भने, ‘लिटरमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्म तेलको मूल्य घटेको छ ।’ अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको फुँयालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर