मिडियाबाजी डटकम काठमाण्डाै । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
पहिरोमा परेर घाइते भएकी ६५ वर्षकी ठूलीमाया तामाङको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको हो ।
बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।