विकासको नाममा यो सास्ती कहिलेसम्म ?

  भदौ २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं। विकासको नाममा स्थानीय तहमा विनाश मात्रै बढेको देखिन्छ। डोजरे प्रवृत्तिको विकासले प्राकृतिक स्वरुपलाई कुरुप बनाउनुको साथै यात्रुहरूको आवतजावतमा गम्भीर समस्या र प्राकृतिक प्रकोपबाट मानिसहरूको ज्यान नै जोखिममा रहेको छ। कुनैपनि योजनाविहीन रुपमा खनिएका धुले सडकहरूको स्थिति हेर्दा सडक छेउछाउमा मानिसहरू कसरी रात कटाउन सक्छन् भन्ने लाग्दछ।

यहाँ देखाइएको तस्वीर धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर ४ स्थित ज्यामिरे चौरजाने बाटोको अवस्था हो यहाँ यात्रुले डोरी लगाएर एउटा स्करपियो गाडीलाई तानिरहेको देख्न सकिन्छ । धादिङ गल्छीको सडकमा सवारीको अवस्थाको यो त एउटा नमुना मात्रै हो अहिले प्राय ग्रामीण भेगका सडकहरूको स्थिति हेर्दा यो भन्दा नाजुक अवस्थामा रहेको देखिन्छ।

विकासको नाममा यो सास्ती कहिसम्म भोग्नुपर्ने हो ? आखिर कहिलेसम्म भएको सडकलाई गुणस्तरीय बनाउनुभन्दा बाटोको सङ्ख्या मात्रै बढाएर अन्धाधुन्ध रूपमा प्रकृतिको विनाश गरिरहन दिने हो ? यसमा हामी नागरिक समाज सचेत हुनुपर्ने दिन बितिसकेको छ । सम्बन्धित सरोकारवालाहरूलाई यो विषयमा सचेत नगराएमा हामीले ठुलो प्राकृतिक प्रकोपबाट प्रताडित हुनुपर्ने दिन आईसकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर