लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

  भदौ २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र २३। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत,काठमाडौंले अनुमति दिएको छ ।लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् ।

त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । अदालतले पक्राउ पुर्जी जारी गरी अनुमति दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ । लामिछाने हाल देश बाहिर रहेका छन् । उनले नेपाल क्रिकेट संघ (क्यान)का आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध समेत गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर