मिडियाबाजाि डटकम काठमाडौं।माई नगरपालिका, इलामका लेखा अधिकृत रविनचन्द्र ढकालको १४ फागुन २०७४ मा कटारी नगरपालिका, उदयपुर सरुवा भयो । उनको स्थानमा आएका पेशल पोखरेलले बरबुजारथका क्रममा हरहिसाब खोजे । पोखरेलले बरबुजारथका क्रममा केरकार गर्न थालेपछि लेखा अधिकृत ढकालले आमाको खाताबाट चेक काटी पोखरेलका नाममा १ लाख ११ हजार रुपैयाँ दिए ।
खरिदारबाट जागिर शुरु गरेका रविनचन्द्र ढकालले राज्यकोषमा भएको पहुँचको दुरुपयोग गर्दै झण्डै साढे ७ करोड कुम्ल्याएका थिए । विशेष अदालतले त्यो रकम भ्रष्टाचार हुने ठहर गर्दैै उनलाई ९ वर्ष कैद सजाय तोकेको छ ।नगरपालिकाको हिसाब झण्डै एक करोड रुपैयाँ तलमाथि भएको पाएपछि कटारीका निवर्तमान प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लुईंटेलले खोजबिन गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाट ६३ करोड ५८ लाख रुपैयाँ निकासा भएको थियो, तर नगरपालिकाको खातामा ६२ करोड ५२ लाख मात्र जम्मा भएको भेटियो, अरु रकम ढकालले कुम्ल्याएका थिए ।
२०६८–११– १६ फागुन २०६८ मा सहायक लेखापालबाट सरकारी सेवा सुरु गरेका ढकाल १० असार २०७३ मा लेखा अधिकृत भएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बु, माई नगरपालिका र कटारी नगरपालिकामा गरी दुई वर्ष लेखा अधिकृतका रुपमा काम गर्दा उनले ७ करोडभन्दा बढी सरकारी रकम हिनामिना गरेको भेटिएको छ ।
अनुसन्धान अधिकृतहरूका अनुसार ढकालले विभिन्न बैंकमा आफ्ना नाममा १० वटाजति खाता खोलेका थिए । श्रीमती, आमा र सासुको नाममा खोलिएको बैंक खाता समेत उनैले चलाउँदै आएका थिए । गडबड गरेको रकम त्यही खातामा राख्थे र आफ्नो गलत काम लुगाउन घुस दिनुपरे त्यही खाताको रकम प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको थियो।