मिडियाबाजी डटकम काठमाडौं,भाद्र २०। उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा नेशनल अवार्ड २०७९’ आयोजना गर्ने भएको छ। वि.सं. २०७३ सालमा स्थापित फाउन्डेसन सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरनाफामूलक संस्था हो।
संस्थाको मुख्य कार्यालय काठमाडौंमा रहेको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वहरूलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ।
साहित्य,संगीत,समाजसेवा,पत्रकारिता, शिक्षा, स्वास्थ्य,चलचित्र,लघुवित्त, उर्जा, पर्यटन लगायतका विभिन्न क्षेत्रमा विशेष योगदान गर्ने छानिएका व्यक्तिहरूलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार यही आउँदो कात्तिकमा ‘नेशनल अवार्ड २०८९ ‘ गर्न लागिएको अध्यक्ष देवकी अभीलाषीले मिडियाबाजी डटकमलाई जानकारी दिइन्।