माध्यमिक तहको परीक्षामा आधाभन्दा बढी विद्यार्थी ननग्रेडेडमा

  भदौ १७, २०७९

मिडियाबाजी डटकम १७ भाद्र, काठमाडौं । माध्यमिक तह ((कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवाली बताउँछन् ।

कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर भएकाले एनजी आउनेको संख्या बढी हुनु निराशाजनक लागेको उनको भनाइ छ । भन्छन्, ‘कुन विषय पढ्दा म के हुन्छु अथवा कति मिहिनेत गरेर पढ्नुपर्छ भन्ने चेतना हुने भएकाले यो नतिजा निराशाजनक नै हो ।’ यद्यपि विषयगत नतिजा हेरेर मात्र थप विश्लेषण गर्न सकिने उनी बताउँछन् ।लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ ।

तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् । दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ ।

यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।आधाभन्दा बढी परीक्षार्थीको नजिता नन ग्रेडेड आउँदा पनि विगतको भन्दा तल नझरेको बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । भन्छन्, ‘समग्र नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको छ । त्यसैले यसलाई हामीले अन्यथा लिएका छैनौं ।

’यद्यपि यसमा सन्तुष्टि मान्ने अवस्था नभएकाले अर्को वर्ष शैक्षिक गुणस्तर उकास्नको लागि धेरै मिहिनेत गर्नुपर्ने नतिजाले देखाएको बताए ।कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३.६ जीपीए कटाएका थिए । यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी छन् ।ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ ।

यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ ।

४३ जनाको परीक्षाफल रद्दपरीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फ ३८ जनाको, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरी ४३ जनाको परीक्षाफल रद्द गरेको जनाएको छ ।४२ जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको र एक जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गर्नुको साथै थप एक वर्ष बोर्डले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर